तरुण खबर
२५ फाल्गुन २०७७, मंगलवार १७:४४
अमेरिकामा ८, मार्चमा करिब १३ लाख ४३ हजारको परीक्षण, ४५ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (८, मार्च) मा १३ लाख ४३ हजार १०६ जनाकोनमुना परीक्षण गर्दा ४५ हजार ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७, मार्चमा ११ लाख १७ हजार ९६१ जनाको परीक्षण गर्दा ४४ हजार ७८७ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टा (८, मार्च) मा ७९८ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७, मार्चमा ७१५ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । कोरोना भाइरसको सूचना दिने वर्डमिटर्र्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन २५ गते मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड ९७ लाख ४३ हजार ८३३ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ४ लाख ४९ हजार ४८१ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २५ गते विहान ९.३० बेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८७ लाख ५५ हजार ७४९ जना छन् ।
नेपाली समय अनुसार फागुन २५ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३७ करोड ५ लाख ५३ हजार ३४० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ३ करोड ८७ लाख ४१ हजार १८३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ३ करोड ८७ लाख ४१ हजार १८३ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २५ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ३८ हजार ६२८ जनाको मृत्यु भैसकेको छ ।
फागुन २५ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ७७ लाख ४३ हजार ५३२ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख ११ हजार ६९७ जना छन् ।


