पहिलो पटक डेपुटी गभर्नर नियुक्तिमा समावेसी

पहिलो पटक डेपुटी गभर्नर नियुक्तिमा समावेसी तरुण खबर २६ फाल्गुन २०७७, बुधबार १७:०४
पहिलो पटक डेपुटी गभर्नर नियुक्तिमा समावेसी

निलम ढुंगाना तिमल्सिना र बमबहादुर मिश्र डेपुटी गभर्नर

काठमाडैं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । गभर्नर महाप्रसाद अधिकारीको सीफारिसमा मन्त्रीपरिषद्ले मंगलबार उनीहरुलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो । राष्ट्र बैंकभित्र व्यवसायिकताको हिसावले एक जना अर्थशास्त्रको र अर्काे एकाउण्टको पृष्ठभूमिको व्यक्ति छनौट भए उत्तम हुने तर्क कर्मचारीहरुको छ । राष्ट्र बैंकको दोस्रो शक्तिशाली र आकर्षक पद डिपुटी गर्भनर हो । त्यसैले पनि सबै १७ जना डेपुटी गभर्नरको दौडमा उत्रिएका थिए ।

यसअघि नियुक्ति भएका डेपुटी गभर्नर पनि राजनीतिक आस्थाका आधारमा नियुक्त भएकाले लविङमा प्रतिश्पर्धा भएको हो ।  ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुन् भने मिश्र बिदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन् । ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर भएकी छन् ।