तरुण खबर
२६ फाल्गुन २०७७, बुधबार १७:१६
अमेरिकामा ९, मार्चमा करिब १३ लाख ४१ हजारको परीक्षण, ५५ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (९, मार्च) मा १३ लाख ४१ हजार ३७८ जनाको परीक्षण गर्दा ५५ हजार ६८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८, मार्चमा १३ लाख ४३ हजार १०६ जनाकोनमुना परीक्षण गर्दा ४५ हजार ३६८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टा (९,मार्च) मा १७ सय ४ जनाको संक्रमणबाट ज्यान गएको छ । ८, मार्चमा ८३० जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । कोरोना भाइरसको सूचना दिने वर्डमिटर्र्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन २६ गते बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ९८ लाख १ हजार ५०६ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ५ लाख ४९ हजार ६७८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २६ गते विहान ७.३० बेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८७ लाख ११ हजार २५४ जना छन् ।
नेपाली समय अनुसार फागुन २६ गते बुधबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३७ करोड १८ लाख ९४ हजार ७१८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ४ करोड ८२ हजार ५६१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ४ करोड ८२ हजार ५६१ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २६ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ४० हजार ५७४ जनाको मृत्यु भैसकेको छ ।
फागुन २६ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ८१ लाख ४७ हजार ४८७ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख २१ हजार १७० जना छन् ।


