केपीसँग मिलेर सरकार टिकाउने माधव पक्षको निष्कर्ष

केपीसँग मिलेर सरकार टिकाउने माधव पक्षको निष्कर्ष तरुण खबर २७ फाल्गुन २०७७, बिहीबार १५:५६
केपीसँग मिलेर सरकार टिकाउने माधव पक्षको निष्कर्ष

काठमाडौं । केही दिनअघि नेकपाको अध्यक्ष बनेका र एक साता टिकेका माधवकुमार नेपाल पक्षका सदश्यहरुले वाम गठबन्धनको सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बुधबार सम्पन्न नेपाल समूहका केन्द्रीय सदस्यको भेलाले यस्तो निर्णय गरेको हो । बानेश्वरस्थित अर्याल होटलमा भएको भेलामा माधव पक्षका केन्द्रीय सदस्यहरुले पछिल्लो २-३ दिनको घटनाक्रमको विश्लेषण गरेका थिए ।

एमाले ब्युँतिएपछि शिर्ष नेतृत्वले सम्वाद थालेको छैन । बरु कैलाली लगायतका जिल्लामा भएको घटनाले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको समूह पेलेर जाने मनस्थिति देखिएको उनीहरुको बुझाई छ । अधिकांश सदस्यले बताएका छन्– झुक्नुको अर्थ छैन । भेलाले पार्टीमा तिक्तता बढाउने खालका गतिविधि तत्काल बन्द गर्न अध्यक्ष ओलीलाई आग्रह समेत गरेको छ । अहिलेसम्मका गतिविधिले पनि ओलीले सरकारलाई निरन्तरता दिन चाहेकाले त्यसमा साथ दिनुपर्ने नेताहरुले बताएका छन् । तर अर्काथरी नेताहरु भन्छन्– ओलीको पार्टी कब्जा तरिकालाई हामीले सामाजिक फाँसिवादी भन्दै आएका छौं । हिजो आज त्यही देखिएको उनीहरुले बताएका छन् ।

‘बहुसंख्यक साथीहरूले वामपन्थीहरूकै सरकार कायम राख्नुपर्छ, सकेसम्म सबै वामपन्थीहरूको साझा सरकार बनाउने सम्भावनामा ध्यान दिनुपर्छ भन्ने सुझाब दिनुभएको छ,’ रघुजी पन्तले भनेका थिए । सर्वोच्च अदालतको फैसलापछिको नयाँ परिस्थितिमा पार्टीलाई संगठित, एकताबद्ध बनाउने कुरामा सचिवालयसहित विभिन्न कमिटीको बैठक बोलाएर अध्यक्ष र प्रधानमन्त्री केपी ओलीले नै प्रमुख भूमिका खेल्नुपर्छ उनीहरुको सुझाव थियो ।

माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदश्यहरुले पार्टीपंक्तिलाई विगतको दुःखद प्रसंगहरूबाट संयमित, एकताबद्ध बनाएर तलसम्मका समग्र समस्या समाधानमा ढिलाइ गर्न नहुनेमा पनि केन्द्रीय सदस्यहरूले जोड दिएका थिए । माधवकुमार नेपालले खराब कुराविरुद्ध कदापि सम्झौता नगर्ने बताएका छन् । ‘पार्टी नेता–कार्यकर्ताको न्याय र विवेकपूर्ण संरक्षणमा कमी गरिँदैन’ माधव नेपालले भनेका छन्– एमाले हामीले निर्माण गरेको हो । पार्टी निर्माणकर्तामध्ये दुई जना यही छौं । उनले अहिले भइरहेका टिप्पणीहरुको आयु दुई दिन पनि नभएकाले कुनै चिन्ता नलिन नेताहरुलाई आग्रह गरेका थिए । ‘पार्टी निर्माण गर्ने र हुर्काउनेहरु यही भेलामा आएका छौं ।