भ्रष्टारको आरोप खेपेका प्रचण्डद्वारा ओलीमाथि उस्तै आरोप

भ्रष्टारको आरोप खेपेका प्रचण्डद्वारा ओलीमाथि उस्तै आरोप तरुण खबर २८ फाल्गुन २०७७, शुक्रबार १०:३९
भ्रष्टारको आरोप खेपेका प्रचण्डद्वारा ओलीमाथि उस्तै आरोप

फेरि जनयुद्ध गरौं कि लागेको प्रचण्डको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिविरुद्ध शान्तिपूर्ण युद्ध लड्नुपर्ने बेला आएको बताएका छन् । बिहीबार पार्टी निकट नयाँ स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले फेरि युद्ध सुरु गरौँ भन्ने आशयका साथ साविक नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सचिवालयमा १९ पृष्ठ लामो प्रस्ताव पेश गरेको उल्लेख गरेका थिए । उनले आफूले ओलीसँग मिलेर अघि बढ्न सकिँदैन भनेर नै जानीबुझी राजनीतिक प्रतिवेदन तयार पारेको जानकारी दिए ।

असन्तुष्टि चुलिएपछि प्रचण्डले गत कार्तिक २८ गते सचिवालय बैठकमा ओलीविरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै कडा खालको प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनपछि नेकपा विवादमा झन् जटिलतामा फसेको थियो । पुष्पकमल दाहाल आफैं भ्रष्टाचारको दलदलमा नराम्ररी फसेका छन् । उनीमाथि क्यान्टोनमेन्टमा ३४ अर्ब रुपैयाँ हिनाविना गरेको आरोप छ । दाहालकी बुहारी विना मगर खानेपानी मन्त्री हुँदा २५ करोड रुपैयाँ कमिसन मागेकाले मेलाम्ची खानेपानीको इटालीयन ठेकेदार काम छोडेर भागेको थियो, उनीसँगको मुद्दा अहिले पनि चलिरहेको छ । ०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन कम्पनीको अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) सँग सन् २०१३ मा ७ अर्ब ७२ करोड रुपैयाँमा सुरुङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरिएको थियो । मार्च २०१८ सम्मको लागि अन्तिम समयसीमा तोकिएको सिएमसीले लक्ष्य अनुसारकै मितिमा काम सम्पन्न गरेमा बोनस् उपलब्ध गराइने घोषणासमेत गरिएको थियो ।

भरत ढुंगाना स्मृति ग्रन्थ सार्वजनिक भेलालाई सम्बोधन गर्दै दाहालले भने– केपी प्रवृत्तिका विरुद्ध १९ पृष्ठ लेख्दा फेरि जनयुद्ध सुरु गरौँ भन्ने लागेको थियो । अहिले पनि लागेकै छ । केपी प्रवृत्तिविरुद्ध जानीबुझी, फेरि जेल जान पनि तयार, मर्न पनि तयार भएको हुँ । उनले युद्ध भनेर अहिले हिंसात्मक युद्ध गर्ने अवस्था नरहेको जिकिर गरे । ‘युद्ध भनेर हिम्सामा जाने कुरा होइन । संघीय लोकतान्त्रिक गणतन्त्र, खारेज गर्ने षड्यन्त्रविरुद्ध देश व्यापी लडौं, प्रचण्ड भने । तर प्रचण्ड सुविधा भोगी भैसकेकाले फेरी जंगल पस्ने वा हिम्सामा जाने सम्भावना छैन । उनीमाथि १७ हजार मान्छेको हत्या गरेको आरोप छदैछ ।

बिहीबार राजधानीमा आयोजित भरत ढुंगानाको स्मृति–ग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले ‘डकुमेन्ट’ लेखनलाई ओली प्रवृत्तिविरुद्ध ‘बमबार्ड द हेडक्वार्टर’ भएको बताए, जसलाई अध्यक्ष माओ त्से तुङ्गको नक्कल भनिएको छ । माओले हेडक्वार्टरमाथि गोलावारी भनेका थिए । पुष्पकमल दाहाल प्रचण्डले अब फेरि आफ्नै खुट्टामा उभिने बेला आएको र त्यसका लागि देशव्यापी अभियान चलाउने तयारी पार्टीले गरिरहेको उल्लेख गरे । प्रचण्ड अब आफू काठमाडौँ कम र जनताको घरदैलोमा बढी जाने सोचमा पुगेको जानकारी दिए । देशव्यापी अभियान चलाउनेतिर सोचिरहेको छु, दाहालले अगाढि भने, ‘फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु ।