तरुण खबर
२८ फाल्गुन २०७७, शुक्रबार १०:५६
अमेरिकामा ११, मार्चमा करिब १४ लाख ३० हजारको परीक्षण, ६२ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (११, मार्च) मा १४ लाख ३० हजार ३१ जनाको नमुना परीक्षण गर्दा ६२ हजार ७७३ जना संक्रमित थपिएका छन् । १०, मार्चमा ११ लाख ४६ हजार २२२ जनाको नमुना परीक्षण गर्दा ६१ हजार ३६० जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टा (११, मार्च) मा १५ सय ३१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । १०, मार्चमा १६ सय १० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको थियो । अमेरिकामा नेपाली समय अनुसार फागुन २८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ९९ लाख २५ हजार ९०७ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ७ लाख ९७ हजार २९८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८५ लाख ८४ हजार ८८३ जना छन् ।
नेपाली समय अनुसार फागुन २८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३७ करोड ४४ लाख ७० हजार ९७१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ४ करोड २६ लाख ५८ हजार ८१४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ४ करोड २६ लाख ५८ हजार ८१४ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ४३ हजार ७२१ जनाको मृत्यु भैसकेको छ ।
फागुन २८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ९१ लाख ९६५ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख ४० हजार ९९२ जना छन् ।


