तरुण खबर
२२ माघ २०७८, शनिबार १०:०१
प्यूठान । गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटामा दुर्घटना भएको स्थानीय पदम बहादुर केसीले जानकारी दिए । प्यूठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राती १ बजेको समयमा दुर्घटना भएको केसीले बताए ।
घाईते २ जनाको जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले बताए । दुर्घटनाका घाईतेहरुको जिल्ला अस्पताल विजुवार उपचार भैरहेको छ । मृत्यु हुनेहरुमा बसन्त खड्का, केशरी खड्का, बलबहादुर बुढामगर, खिम बहादुर खत्री, नन्दी खड्का, बसन्ती खड्का, एलिसा खड्का रहेका छन् । एक जनाको पहिचान खुलेको छैन ।
जीपमा १३ जना सवार रहेका थिए । दुलाह दानबहादुर खड्का, दुलही रिमा जिसी, हरि बुढा सावित्रा जिसी, नरेश खड्का लगायत घाईते छन् ।


