तरुण खबर
३ फाल्गुन २०७८, मंगलवार १८:४८
काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने भएको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो ।
‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने । उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ ।
कांग्रेसले भंग गर्यो भ्रातृ संगठन
नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।


