तरुण खबर
३ चैत्र २०७७, मंगलवार १६:५९
राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक
काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको कुराकानीमा अध्यक्ष ओलीले कसैलाई पनि पद र जिम्मेवारीबाट मुक्त नगरिएको बताएका छन् । बैठकमा सहभागी नेकपा नेताहरूका अनुसार ’दुवै पक्षबीच खुला र खुलस्त’ छलफल भएको उनीहरुको भनाई छ । माधवकुमार नेपाल पक्षले फागुन २८ गते अध्यक्ष ओली पक्षले एक पक्षीय रूपमा केन्द्रीय कमिटीको बैठक गरेको र त्यो अवैध रहेको बताउँदै आएको छ भने ओली पक्षले त्यो बैठक बैध भएको बताएको छ । अध्यक्ष स्वयं फागुन २८ गतेको बैठकबारे लचिलो नभए पनि बाहिर समाचारमा आए जस्तो कुनै पनि पदाधिकारीलाई नहटाइएको जानकारी नेता प्रदीप ज्ञवालीले बैठकमा गराएको एमाले नेता रघुजी पन्तले जानकारी दिएका छन् । तर नेता नेपाल पक्षले उक्त बैठकलाई नै मान्यता दिन अस्वीकार गरेपछि कुरा नमिलेको हो नेता पन्तले दावी गरेका छन् ।
एमाले अध्यक्ष ओलीले भने– ती अस्थायी प्रबन्ध हुन् । सर्वोच्च अदालतको एउटा निर्णयपछि ब्युँतिएको नेकपा एमालेका दुई पक्षबीच सोमवार काठमाण्डौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा पहिलो पटक अनौपचारिक छलफल भएको थियो । आफूविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेको पार्टीभित्रकै खेमालाई छलफलको निम्ति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै डाकेको उनीनिकट नेताहरूले जनाएका छन् । तर उक्त छलफल सकिएपछि सबैजसो नेताहरूले सकारात्मक निचोडमा पुग्न नसकेको प्रतिक्रिया दिएका छन् ।
२८ गतेको बैठकले पूर्वमाओवादीका नेताहरूलाई विभिन्न जिम्मेवारी दिनुका साथै महासचिव बाहेकका पदाधिकारी एमाले अध्यक्ष ओलीले हटाएका थिए । उहाँ पछि हट्ने सङ्केत देखेनौँ, २८ गतेको निर्णय परिवर्तन नगरेसम्म परिस्थिति सकारात्मक बन्दैन भन्ने हाम्रो प्रष्ट अडान छ ।
नेपाल–खनाल पक्षले चैत ४ र ५ गते गर्ने भनिएको बैठक नरोक्ने भएका छन् । ओली पक्षले त्यो भेलाले तिक्तता मात्र बढाउने हुँदा स्थगि गर्न अनुरोध गरेको थियो । वार्तामा दुवै पक्षबाट दोस्रो तहका नेताहरू पनि सहभागी थिए । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी ओलीसहितका नेताहरूसँगको वार्तापछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बानेश्वरस्थित अर्याल होटेलमा भेला गरेको छ । भेलामा भोली र पर्सी हुने भनिएको राष्ट्रिउ कार्यकर्ता भेला र हिजो भएको ओली पक्षसँगको कुराकानीका विषयमा जानकारी गराइएको थियो । उक्त छलफलमा नेपाल समूहका केन्द्रीय सदस्य र सांसद सहभागी रहेको एक नेताले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार ४ बजे सर्वदलीय बैठक बोलाएकी छिन् । उनले दलका नेताहरुलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको हो ।


