बलात्कार आरोपी ‘भाग्यमानी’ पूर्वमेयर, पाँच महिना अस्पताल बसेर घर फर्किए
२६ बैशाख २०८२, शुक्रबार १२:३९
घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए । तर, उनी हिरासतमा नबसी पाँच महिनादेखि अस्पताल बस्दै आएका थिए ।
ओलीले गभर्नर नियुक्तिमा दिएनन् चासो, कांग्रेस बैठकमा नेताहरूले देउवालाई सोधे प्रश्न
२६ बैशाख २०८२, शुक्रबार १२:१२
राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेकाले गभर्नर नियुक्ति प्रक्रिया रोकिएको छ । यसमा प्रधानमन्त्री ओलीकै स्वार्थ रहेको कांग्रेस नेताहरुको बुझाइ छ ।
यसरी फेल भएको रहेछ प्रधानमन्त्री ओलीको मिर्गौला
२५ बैशाख २०८२, बिहीबार ११:३५
बिहीबार काठमाडौंमा आयोजित नेपाल कुष्ठरोग राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् ।
गभर्नर नियुक्तिः हलो अड्काएर गोरु चुट्दै ओली
२५ बैशाख २०८२, बिहीबार १०:५४
चौतर्फी दबाब आइरहँदा पनि ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरी अडानमा बस्नुले उनको ब्याकफोर्स प्रधानमन्त्री ओली नै रहेको कांग्रेसवृत्तमा चर्चा छ।
आफ्नै घरको बाथरुममा लडे प्रचण्ड
२४ बैशाख २०८२, बुधबार ११:२१
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै निवासको बाथरुममा लडेर घाइते भएका छन् ।
श्याम खड्का र राजेन्द्रकुमार श्रेष्ठकाे हर्कतले कांग्रेसको बदनाम, जग्गा बेच्ने भनेर साढे सात करोड बैना पच
२४ बैशाख २०८२, बुधबार ११:१४
प्रदेशमन्त्री खड्का र रक्तचन्दन तस्कर श्रेष्ठ मिलेर आफूहरूको बैना रकम नै पच गरिदिएपछि फुयाँल र मुलिक अहिले विभिन्न निकायमा हारगुहार गर्दै दौडिरहेका छन् ।
भारतले नौवटा मिसाइल प्रहार गरेपछि बदला लिने पाकिस्तानको घोषणा
२४ बैशाख २०८२, बुधबार ११:०३
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । उनले यसको उचित जवाफ दिने चेतावनी दिएका छन् ।
वामपन्थी नेता प्रदीप नेपालको निधन, पार्किन्सन रोगबाट थिए पीडित
२३ बैशाख २०८२, मंगलवार १९:३३
एमाले नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
संविधान संशोधनको चर्चा सेलायो, बनेन कार्यदल
२३ बैशाख २०८२, मंगलवार १३:१५
प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनको एजेन्डा पूर्ण रूपमा बिर्सेका छन् । बरु उनी ठूला राजनीतिक नियुक्ति एमालेले नपाए सरकार छाड्ने भन्दै कांग्रेसलाई घुक्र्याउन उद्यत देखिएका छन् ।
अर्थमन्त्री पौडेल खुमलटार प्रवेशको अनेक अर्थ
२३ बैशाख २०८२, मंगलवार ११:४१
एक महिनादेखि सरकारले गभर्नर नियुक्त गर्न नसकिरहेका बेला अर्थमन्त्री किन खुमलटार पसे भन्ने अनेक अर्थ लगाइएको छ । कतै कांग्रेसलाई हटाएर एमाले र माओवादीबीच नयाँ समीकरणको खिचडी त पाकिरहेको छैन भन्ने आशंका उत्पन्न हुन थालेको छ ।










